×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्तको खुद नाफा ७१.२२% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरएसडीसी लघुवित्तको खुद नाफा ७१.२२% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ८ करोड ७ लख ४४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिमा ७१.२२% ले बढेको हो । गत वर्ष संस्थाले ३ करोड ७४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, खुद ब्याज आम्दानी पनि ७४.९५% ले वृद्धि गर्दै १२ करोड २९ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले खुद ब्याज आम्दानी ७ करोड २ लाख ८८ हजार रुपैयाँ आर्जन गरेका थिए। साथै, सञ्चालन नाफा ३ करोड ६९ लाख ५३ हजार रुपैयाँ बढाएर ९ करोड ५४ लाख ८९ हजार रुपैयाँ पुर्याएको छ । 
यो चौथौ त्रैमासमा संस्थाले जगेडा कोषमा पनि ७ करोड १४ लाख ७२ हजार रुपैयाँबाट १३६.७५% ले वृद्धि गरेर १६ करोड ९२ लाख १५ हजार रुपैयाँ जम्मा गरेको छ । संस्थाको खराब कर्जा भने ०.२२%ले बढेर ०.२५% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी १० रुपैयाँ १६ पैसा र प्रति सेयर नेटवर्थ १ सय २६ रुपैयाँ ७१ पैसा रहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी