×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तको अधिकांश सूचकमा सुधार, खुद नाफा १२०.६९% ले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वरोजगार लघुवित्तको अधिकांश सूचकमा सुधार, खुद नाफा १२०.६९% ले वृद्धि

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचक सुदृत हुँदै गईरहेको छ । संस्थाले यो चौथौ त्रैमासमा खुद नाफा १२०.६९%  वृद्धि गरी ८ करोड ७ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष संस्थाले खुद नाफा ३ करोड ६५ लाख ५७ हजार रुपैयाँ मात्र कमाएको थियो ।  
संस्थाको सञ्चालन नाफा १२८.८८%  बढेर १२ करोड ८ लाख ९० हजार रुपैयाँ पगेको छ । गत वर्ष १२ करोड ६७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष ६०.७०%ले बढाएर २० करोड ३७ लाख ३ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै,  रिजर्भ कोषमा १२ करोड ५२ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ।  
यता, संस्थाले निक्षेप संकलन र कर्जा प्रवाह क्रमश:६०.४६% र ४१.४८% ले वृद्धि गरेको छ। संस्थाले १ अर्व २५ करोड ५४ लाख ८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व १ करोड ६९ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 संस्थाको खराव कर्जा संस्था०.८८% पुगेको छ। संस्थाको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसामा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी