
स्थान : भृकुटीमण्डप, काठमाडौँ ।
इभेन्ट : महिला श्रीजनशील उद्यमी मेला (तीज मेला २०१९)
साउन १६ गतेबाट सुरु भएको कान्तिपुर मिडिया ग्रुपको ‘नारी मासिक’को प्रस्तुती रहेको ‘एनआइसी एशिया तीज मेला २०१९’मा महिला अवलोकनकर्ताहरुको भीड हेर्न लायक थियो । तीज नजिकिंदै गर्दा तीजको शपिङ गर्नेहरुदेखि मेला हेर्न आएकाहरुको भीडमा शुक्रबार माइती नेपालकि निर्देशक अनुराधा कोइराला पनि देखिइन् । चर्चित समाजसेवी भएकाले उनीमाथि सबैको नजर पर्नु स्वाभाविक थियो । र स्वाभाविक हाम्रो क्यामराको लेन्स पनि उनीतिरै फर्कियो ।



आयोजक संस्था महिला श्रीजनशील केन्द्रकि अध्यक्ष मिलु थापा लगायतसँग उनले मेला मज्जैसँग घुमिन् । तीजको मेला भएपनि उनको ध्यान भने अचार, तितौरा, पाउजस्ता खुराकमा देखिन्थ्यो । नभन्दै एउटा पाउ, तितौराको स्टलमा उनी अडिइन् । केहि बेर नियालिन् र १७६० रुपैयाँ तिरेर तितौरा, मुगीको मस्यौरा लगायतका समान किनिन् । उनलाई हाम्रो क्यामराले पछ्याउन रोकिएको थिएन । केहि समयपछि उनी बंगलादेशी सारीको स्टलमा पुगिन् । सामान हेरिन् तर किनिनन् । घुम्दै जाँदा आयो अचारको स्टल । उनको अचार शपिङ पनि सानो रहेन । कुल १४८० रुपैयाँको अचार किनिन् र झोलामा राखिन् ।

मेलाबाट निस्किंदै गर्दा हामीले सोध्यौं, ‘तितौरा, अचार त खुब किन्नुभो नि ! यो उमेरमा पनि अचार खुब खानुहुन्छ ?’ उनले रहस्य खोलिन्, ‘यो अचार मेरो लागि मात्र होइन सपना (न्यायाधीस सपना प्रधान मल्ल)को लागि पनि हो ।’ कार्यक्रम निकै राम्रो भएको प्रतिक्रिया दिँदै उनले यस्ता कार्यक्रममा सरकारले पनि सहयोग गर्नुपर्ने र त्यसका लागि आफुले पहल गर्ने बताइन् ।

मेला साउन २० गतेसम्म चल्नेछ । यो तीज मेलाको १८औँ संस्करण हो ।
हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्