×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु

Artha Sarokar

१७ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु भएको छ । हरेक वर्ष मनाउँदै आएको सो मेला यस बर्ष भने परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिइ यहि २०१९ अगस्ट १ सुरु भएको हो । 
नेपालमै पहिलोपटक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्स को एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो, जसको छैठँौ संस्करणसम्म आयोजना गरिसकेको छ ।
टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबैभन्दा ठूलो र भब्य कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने एक्स्पोबाट टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ । बिशेषगरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडि हेर्न र किन्नका लागि यो कार्यक्रमको विशेष प्रतिक्षा रहन्छ, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने विभिन्न अफरहरु र विशेष छुटप्रति आकर्षित भइ लाभ लिन्छन् ।
यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडीहरुमा ३ लाख सम्मको छुट, विभिन्न आकर्षक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगीत, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । उक्त कार्यक्रममा धेरै कुराहरुको लाभ लिन सकिने समेत आयोजकले बताएको छ ।
यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । यो कार्यक्रममार्फत १५०० देखि २००० ग्राहक आगमनको अपेक्षा रहेको उनले बताए ।
यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दाआकर्ष छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रा.लिका सिइओ राजनबाबु श्रेष्ठ बताउँछन् । 
टाटा मोटर्स (वार्षिक) ४४अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनीहो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामाप्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र ११० अर्व डलरको कारोवार रहेको छ टाटा गु्रपको । १३४ सहायक कम्पनीहरुमार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । 
लक्की ड्रबाट बुकिङ्ग गर्दाको अफरहरु निम्नछन्ः–
-एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण / एप्पलको सेट / ३ लाखसम्मको नगद छुट
– १ लाखसम्मको लोएल्टी बोनश
– एक वर्षसम्मको लागि रोड टयाक्समा छुट
-डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण
– बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार,
-परिक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन ।
-पूरानो सवारी मूल्यांकनमा एक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास,
-प्रत्येक टेष्ट ड्राईभमा २ जनालाई फिल्मको टिकट 
-प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी