Skip to content
LAXMI SUNRISE BANK

देवः विकास बैंले ५.५% बोनस सेयर पठायो हितग्राही खातामा, नपाएकाले के गर्ने ?

अर्थ सरोकार

काठमाडौं – देवः विकास बैंकले ५.५% बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले असार ५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको ५.५% बोनस खातामा जम्मा गरिएको हो । त्यसपछि भौतिक प्रमाणपत्र डिम्याट गर्नेहरुको पनि खातामै बोनस पठाउने काम भइरहेको बैंकले जनाएको छ । 
बैंकले अहिलेसम्म पनि सेयर अभौतिकीकरण नागरेको खातामा भने अभौतिकीकरण गरेपछि मात्र खातामा सेयर जम्मा हुनेछ । यस्तै, बैंकले २०७४ कात्तिक २४ पछि सेयरधनी बनेका सेयरधनीलाई ५.५% बोनस पाउन पहिला कर तिर्नुपर्ने जनाएको छ । यसका लागि सेयरधनीले देवः विकास बैंकको जुनसुकै शाखाबाट खाता नम्बर ५०११०१९४००१०२१ मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् । अनिमात्र लगानीकर्ताको खातामा बोनस सेयर पठाइने बैंकले जानकारी गराएको छ । देवः को असार १२ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ५.५% बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK