×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ्ग सेवामा स्तरोन्नत्ती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ्ग सेवामा स्तरोन्नत्ती

Artha Sarokar

१३ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ ‘एक्सप्रेस बैंकिङ्ग’ नामक इन्टरनेट बैकिङ्ग सेवा शुभारम्भ गरेको हो । 
यस नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेनट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिन्छ । 
यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्नुहुनेछ । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । 
आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पु¥याँउने विश्वास बैंकले व्यक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी