×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुद नाफामा स्पर्श लघुवित्तको छलाङ, अन्य महत्वपुर्ण सूचकहरुमा पनि आकर्षक वृद्धि

PRIME CA

खुद नाफामा स्पर्श लघुवित्तको छलाङ, अन्य महत्वपुर्ण सूचकहरुमा पनि आकर्षक वृद्धि

१२ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यस अवधिमा खुद नाफा १ करोड ५६ लाख १३ हजार रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले खुद ब्याज आम्दानी २४४.१४% ले बढाएर ४ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । यता प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८ पैसा पुगेको छ । संस्थाले यो अवधिसम्म आईपुग्दा १६ करोड ६७ लाख निक्षेप संकलन गरी ९० करोड तीन लाख रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ ।
संस्थाले जगेडा कोषमा ७१५३.३४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ लाख १८ हजार रुपैयाँ जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १ करोड ५८ लाख रुपैयाँ पुगेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: