Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकको १२ लाख कित्ता ऋणपत्र भर्ने म्याद थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार

काठमाडौं – हिमालयन बैंकको १२ लाख कित्ता ऋणपत्र भर्ने म्याद थप भएको छ । बैंकले  तोकिएको समय भित्र आवश्यक मात्रामा सर्वसाधारणले आवेदन नदिएपछि समय थपिएको हो । अव यस ऋणपत्रमा  साउन ३१ गतेसम्म आवदेन दिन सकिने छ। 


 बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘१०% हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम सबैमा आवेदन गर्न पाउने जनाएको छ ।
बैंकले ७ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १० प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् । उक्त ३० लाख डिबेञ्चरमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK