Skip to content
LAXMI SUNRISE BANK

Exclusive Video : मन्त्री रघुवीर महासेठले पत्रकार थर्काउँदै भने, ‘क्यामरा बन्द गर्नुस्, यसरी भिडियो लिन हुन्न’

अर्थ सरोकार

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आईतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न संचार माध्यामहरुलाई रोक लगाउनु भएको छ । मन्त्री महासेठले आईतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं–नुवाकोट सडक संचालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली काँग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाउनु भएको हो । आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्ने वित्तिकै उहाँले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराउनुभयो । ‘यसरी भिडियो लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा भन्नु भयो, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न ।’
कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ । यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाउनु भयो । मन्त्री महासेठले संचार माध्यामहरुलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहनु भएन । हेर्नुहोस् भिडियो:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK