×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले साउन १४ मा बोलायो विशेष साधारणसभा, हाथवेलाई एक्वीजिशन गर्ने प्रस्ताव पारित हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकले साउन १४ मा बोलायो विशेष साधारणसभा, हाथवेलाई एक्वीजिशन गर्ने प्रस्ताव पारित हुने

Artha Sarokar

२९ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंकले साउन १४ गते विशेष साधारणल सभा बोलाएको छ । असार २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई एक्वीजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिविदन माथि छलफल गर्ने जनाइएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडबीच मर्जर गर्ने प्रयोजनका लागि असार २२ गतेबाट सेयर कारोबार बन्द रहेको छ । तसर्थः असार २१ गतेसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नियमानुसार कारोबार भई साउन ५ गतेसम्म बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौँमा प्राप्त सेयर नामसारी लिखतको आधारमा सेयरधनी किताबमा कायम सेयरधनीहरुले सो सभामा भाग लिन र मतदान गर्न पाइने जनाइएको छ ।


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी