×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री सम्पन्न बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र माछापोखरीमा शुभारम्भ

PRIME CA

श्री सम्पन्न बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र माछापोखरीमा शुभारम्भ

२६ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – श्री सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले माछापोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । २०६४ साल स्थापना भएको यस सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । सेवा केन्द्रको उद्घाटन काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले गरे । उनले सहकारी संस्थाहरु नाफामूलकभन्दा पनि सहकारीको मर्मअनुसार चल्नुपर्ने बताए । मुलुकको निर्यात घटिरहेको र आयात चरम उत्कर्षमा पुगेको बेला सहकारीले उत्पादन बढाउन सक्ने भन्दै मानन्धरले ठूलो टेवा पुर्याउन सक्ने बताए ।
सहकारीको अध्यक्ष बलराम खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं. १६ का अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । समारोहमा सहकारीका सचिव तथा प्रवन्धक निर्मल गुरुवाचार्यले सहकारीको वित्तिय विवरणबारे प्रकाश पारेका थिए । यही जेठ मसान्तसम्म सहकारीको एक करोड २५ लाख सेयर पुँजी तथा निक्षेप १६ करोड नौ लाख रहेको छ । 
कर्जा लगानी १२ करोड ९८ लाख तरलता दुई करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लख रहेको बताइयो । कार्यक्रममा बुद्धभुमि हाईडाे पावर कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठ, सहकारीका कोषाध्यक्ष प्रदिप पाठक(सुमन), तारकेश्वर यातायात प्रालिका अध्यक्ष मिनबहादुर मानन्धर लगायतले बोलेका थिए । महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले आईएमई, प्रभु वेष्टर्न युनियन, हिमाल रेमिट लगायतबाट विप्रेषण सेवा उपलव्ध गराउँदै आएको सहकारीका सेवाकेन्द्र प्रमुख रमेशमान प्रधानले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: