काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा घातक रोग रक्षावरण योजना’ राइडर बजारमा ल्याएको छ । ११ प्रकारको घातक रोगको जोखीम बहन हुने किसीमले सो योजना बजारमा ल्याइएको हो ।
घातक रोगको बीमा सुविधा ५० हजार रुपैयाँ देखी ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने प्रकृतीको छ । बीमा योजनामा प्रवेश गर्न चाहने बिमितको उमेर १८ देखी ५५ वर्षसम्म तोकिएको छ । बीमा अवधि भने ५ वर्षदेखी २५ वर्षसम्म रहने कम्पनीले जनाएको छ । यस्तै, बिमितको अधिकतम बीमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्म रहेको छ ।
कार्यक्रमको प्रमुख आतिथिका रुपमा रहेका बीमा समितिका अध्यक्ष चिरञ्जीवि चाँपागाईले भने–‘पछिल्लो २ वर्षमा बीमा कम्पनीहरुले नयाँ पोलिसी जारी गरिरहेका छन र बीमा क्षेत्रको आकर्षणपनि बढ्ने क्रममा रहेको छ ।’ उनले बीमा र अभिकर्ता बिच महत्वपूर्ण सम्बन्ध रहने भन्दै चर्चा गरेका थिए ।
यस्तै, कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका निर्देशक सुवर्णदास श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । उनले रोगले बिरामीहरुलाई मात्र नभई आफन्तहरुलाई समेत पिडा दिएको देखेकाले बजारमा आफूहरुले ११ रोग किसिमका रोग लक्षित बीमा योजना ल्याएकोमा प्रकाश पारे ।
कम्पनीको महाप्रबन्धक शिवराम तिमल्सीनाले भने–‘हामीहरुले पैसा हुनेहरुकोलागि मात्र नभएर मध्यम आय भएका बिमितहरुपनि सहज हुने गरी यो बीमा पोलिसी ल्याएका हौँ ।’
सानिमा इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेस्डर जितु नेपाल देखी (कार्डीयोलोजिस्ट) डक्टर टी.एन. भट्राई, किड्नी विषेशज्ञ (नेफ्रोलोजिस्ट) डक्टर कल्पना श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिती थियो ।
कम्पनीले तोकेको विशेष शर्त
सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले विषेश शर्तको रुपमा दुईवटा बुँदाहरु अछि सारेको छ । बुँदा नम्बर १ मा भने प्रतिक्षा अवधि भनेर बीमा योजना प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ ।
अर्को बुँदामा भने अस्तित्व अवधि भनेर घातक रोग निरुपण अवधि भन्दै ३० दिन कायम गरिएको छ ।
सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले आफूले तोकेका ११ वटा घातक रोग बिमितलाई लागेको प्रमाणीत भएमा शर्तहरुको प्ररिधिमा भित्र रही मुल बीमाङ्कको आधारमा ५० लाख बीमा सुविधा एकमुस्ट प्रदान गर्ने बताएको छ ।
यस्ता छन् सानिमा घातक रोग रक्षावरण योजना भित्र पर्ने ११ घातक रोग
१. कडा प्रकृतिको क्यान्सर
२. निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता
३. निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस
४. मुख्य अंग, बोन म्यारो प्रत्यारोपण
५. ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत
६. प्राइमरी पलमोनरी आटिरिअल हाइपर टेन्सन
७. कडा प्रकृतिको प्रथम हृदयघात
८. स्थायी प्रकृतिको मस्तिष्कघापत
९. विषेश कडा प्रकृतिको कोमा
१०. एओर्टा ग्राफ्ट शल्यक्रिया
११. कोरोनरी धमनी बाईपास ग्राफ्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्