×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवाग्राहीलाई कामना सेवा विकास बैंकले डिजिटल वालेट प्रदान गर्दै

LAXMI SUNRISE BANK

सेवाग्राहीलाई कामना सेवा विकास बैंकले डिजिटल वालेट प्रदान गर्दै

५ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ कामना सेवा विकास बैंकले खल्ती (डिजिटल वालेट) प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पेको खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको हो ।
बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाइल टप अफ गर्ने लगायत अन्य विभिन्न भुक्तानीमा सहयोगी हुने बंैकले जनाएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ वटा एटिएम मार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी