
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिष्ठान स्तरको ट्रेड युनियनले विभिन्न ७ सुत्रीय मागसहित व्यवस्थापन समक्ष ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै युनियनका महासचिव कुशलबाबु नेपालले विभिन्न समयमा कर्मचारीसँग गरेका सम्झौता व्यवस्थापन पक्षले नजरअन्दाज गरेको भन्दै यसपटक पनि माग सम्बोधन नगरे चरणवद्ध आन्दोलन घोषणा गर्न युनियन बाध्य हुने चेतावनी दिएका छन् ।
युनियनले कर्मचारीको सरुवा बढुवा समयमा हुनुपर्ने, आर्थिकसहित नीतिगत कुरालाई पारदर्शी र व्यवस्थित गर्न पनि माग गरेको छ । उता, संस्थाका नायब महाप्रवन्धक राजनारायण दासले ज्ञापन पत्र बुझ्दै व्यवस्थापन पक्षले युनियनले अगाडि सारेका माग समयमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तीन दिनसम्म चलेको बैठकमा युनियनले प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तसँग बसेर निकास निकाल्न लचकता देखाउँदासमेत प्रमुख पन्त सम्पर्कमा नआएपछि युनियन पदाधिकारी आक्रोशित भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्