×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थ सरोकार’ र ‘किताब यात्रा’बीच कर्पोरेट पुस्तकालय निर्माणको सम्झौता

अर्थ सरोकार

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार

PRIME CA

‘अर्थ सरोकार’ र ‘किताब यात्रा’बीच कर्पोरेट पुस्तकालय निर्माणको सम्झौता

काठमाडौँ । ‘अर्थ सरोकार’ र किताब यात्रा प्रालिबीच कर्पोरेट पुस्तकालय बनाउने सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा कर्पोरेट लाइब्रेरी बनाउने कार्य गरिरहेको किताब यात्रा प्रालि र अर्थ सरोकारबीच अर्थ सरोकारको कार्यालयमा कर्पोरेट लाइब्रेरी बनाउने सम्झौता भएको हो । करारअनुसार अव किताब यात्राले अर्थ सरोकारको कार्यालयमा बजारमा पछिल्लो समय आएका साहित्यिक किताब, अर्थ-राजनीतिक किताब, र कर प्रशासन सम्बन्धि किताबहरु राखेर मिनी पुस्तकालयको निर्माण गर्नेछ ।
उक्त करारमा हस्ताक्षरपछि किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत ऋषिराम अधिकारीले यो करारसँगै आर्थिक क्षेत्रमा कलम चलाउने अर्थ सरोकारका पत्रकारहरुलाई थप उर्जा मिल्ने विश्वास आफुले लिएको बताएका छन् । ‘आर्थिक क्षेत्रमा मात्र काम गरिरहेकाहरुलाई साहित्यिक पुस्तकले थप उर्जा दिने र अर्थ क्षेत्रसँग सम्बन्धित पुस्तकले अर्थ सरोकारले गरिरहेको भ्रष्टाचार र अनियमितता विरुद्धको पत्रकारितामा झन् सहयोग पुर्याउनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ किताव यात्राका सीइओ अधिकारीले भने ।
यता अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेलले किताब यात्राले बनाइदिने पुस्तकालय र उपलब्ध गराउने पुस्तकले अर्थ सरोकारका पत्रकार तथा कर्मचारीहरुको कितावप्रतिको रुचीलाई न्याय गर्ने बताएका छन् । ‘हाम्रो कार्यालयमा साहित्य रुचाउने पत्रकार साथीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई आफ्नो रुचीअनुसार किताव पढ्ने अवसर मिल्नेछ । किताब पढेपछि किताबको रिभ्यू पनि आउनेछ । अर्थ, कर-प्रशासन सम्बन्धि किताबले हाम्रो खोजमुलक पत्रकारिताको अभियानलाई अझ सघाउ पुग्ने विश्वास हामीले लिएका छौं ।’ सम्झौतापछि अर्थ सरोकारका समपादक प्याकुरेलले भने ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: