
अर्थ सरोकार डटकमले सोमबार एउटा समाचार छाप्यो । समाचारको शिर्षक थियो, ‘एनआइसी एशिया बैंकमा इन्सपेक्सनपछि चलेका हल्ला कति सत्य ? चुहिएकै हो त सूचना ? हेर्नुहोस् १० प्रश्नोत्तर !’
बजारमा चलेको अर्ध सत्य हल्लाको स्रोत के हो ? यहि खोज्ने क्रममा स्रोतले उपलब्ध गराएको जानकारीका आधारमा अर्थ सरोकारमा समाचार लेखियो, ‘मिडियामा कसरी पुग्यो त ? केहि समय अगाडी मिडियासँग राम्रो सम्बन्ध भएका एक कर्मचारीलाइ बैंकले निकाल्यो । कुनै बैंकबाट आएको हल्ला पत्रकारले तीनीसँग भेरिफाइ गरे । उनले कुरै नबुझी कुरा थपिदिए । त्यसपछि चर्चा चल्ने भइनै हाल्यो ।’
तर केहि समयपछि एउटा रमाइलो घटनाको साक्षी हुनुपर्यो ।
समाचार प्रकाशित भएपछि ९८०******* नम्बर बाट मलाई फोन आयो ।
‘के हो ? के लेखेको ? मलाई बैंकले निकालेको लेख्ने ? मुद्धा हालौं ?’
कतै सुनिएको जस्तो स्वर थियो त्यो ।
‘को बोल्नुभएको ?’ मैले प्रश्न गरें ।
‘म छवि (नाम परिवर्तन) एनआइसी एशिया बैंकको । तपाईंले मलाइ बैंकले निकालिदिएको लेख्ने ? बैंकले कहाँ निकाल्यो मलाई ?’
समाचारमा त्यस्तो नलेखिएको कुरामा म कन्फीडेन्ट थिएँ ।
‘तपाईंको नाम कहाँ छ ? कहाँ तपाईं निकालिएको भनेर लेखिएको छ ?’ मैले प्रश्न गरें ।
उनले ‘पख्नुस् म स्क्रीनशट पठाउँछु’ भनेर फोन राखे ।
के को स्क्रीनशट पठाउनु ? भए पो पठाउनु ?
एकछिनपछि उनले केहि ‘कुल’ भएर फोन गरे, ‘तपाईंले मिडियासँग नजिकको मान्छेलाई बैंकले निकालीदिएपछि यो सूचना बाहिर गयो भनेर लेखिदिनुभएछ । यसले मेरो करियरमा नराम्रो छाप पार्ने भयो ।
मैले फेरि सोधें ‘तपाईंको नाम कहाँ छ ? कहाँ तपाईंलाइ निकालिएको भनिएको छ ?’
उनले उत्तर फर्काए, ‘म बैंक छोड्दैछु । बैंकमा मिडियासँग नजिक भनेकै मै हुँ ।’
मैले फेरि भनें, ‘बैंकमा मिडियासँग नजिक तपाईं मात्र हो र ? तपाईं निकालिनुभएको हो र ? होइन भने किन डराएको ?’
उनले जवाफ फर्काए, ‘होइन म एनआइसीमै छु । केहि दिनमा छोड्न लागेको छु । यहाँ ममाथि शंका हुने भयो ।’
पहिलो कलमा खाउँला जसरी फोन गरेका उनी अहिले निकै मलीन स्वरमा कुरा गर्ने भएका थिए ।
एनआइसी एशिया बैंकको केहि आन्तरिक सूचना बाहिर चुहाउने व्यक्ति उनी थिए वा थिएनन् भन्ने कतै उल्लेख थिएन । त्यसो भए उनी किन आत्तिए ? त्यो समाचार आउने बित्तिकै उनी किन आक्रोशित भए ? यहि बुझ्न मैले एनआइसी एशिया बैंकका सूचना अधिकारी अर्जुन खनियाँलाइ फोन गरें । उनीसँग कुराकानी गरेपछि बल्ल कुरोको चुरो पत्ता लाग्यो । ती व्यक्तिले झुट बोलेका रहेछन् ।
‘… अहिले एनआइसी एशिया बैंकमा छैन । उसले केहि दिन अगाडी नै बैंक छोडिसक्यो । ठुला कुरा गर्न थाल्यो अनि हामीले निकालिदिएका हौँ ।’ अर्जुन खनियाँले जानकारी दिए ।
बुझ्दै जाँदा उनलाइ बैंकले निकालिदिएका कारण समाचारमा निकालेको भन्ने शब्द देखेपछि उनी आत्तिएका रहेछन् । आफुलाई थर्काउने व्यक्तिका बारेमा सम्बाददाताले थप बुझ्न खोजे । केहि समय अगाडी एनआइसी एशिया बैंकको समाचारको विषयलाई लिएर एक अर्को आर्थिक अनलाइनका सम्पादकलाई यस्तै ‘मिसबिहेब’ गरेको भन्दै ती अनलाइनका सम्पादकले बैंकमा गुनासो पोखेका रहेछन् । हुँदै नभएको काम ‘गरिसकें’ भनेर उनले अर्जुन खनियाँलाइसमेत झुटसमेत बोलेका रहेछन् । हदै भएपछि हाकिमले ‘जागिर खान मन छैन ?’ भनेर थर्काएपछि उनी राजीनामा बोकेर बैंक गएका रहेछन् । बैंकले एक शब्द पनि नसुनी उनको राजीनामा स्वीकृत गरिदिएको रहेछ ।
त्यसपछि मैले छवि (नाम परिवर्तन) लाई फोन गरें । फोन व्यस्त भएपछि एसएमएस गरें । ‘तपाईंलाइ भन्न खोजेको थिइएन । तर तपाईंले मिडियाकर्मीलाई थर्काउनु गलत भयो । म यस विषयमा भरे केहि लेख्छु । तपाईंलाई आफ्नो केहि भनाइ राख्नुछ भने भन्नुहोला ।
उनले जवाफ फर्काए, ‘म अर्को बैंकमा राम्रो जागिरको अफर आएकाले छोडेको हुँ । मेरो अर्जुन सरसँग वा एनआइसी एशिया बैंकप्रति केहि नराम्रो छैन ।’ केहिबेर अघिसम्म एनआइसीमै छु केहि दिनमा बैंक छोड्न लागेको छु भन्ने छविले झुट बोलेको पत्ता लागिहाल्यो ।
उनले अगाडी लेखेका थिए, ‘मैले धेरै समय मिडियामा काम गरें । मैले मिडियाको दुख पनि बुझेको छु । तर तपाईंको यति धेरैले पढ्ने समाचार पोर्टलमा यस्तो न्यूज आउँदा मलाइ नराम्रो नलाग्ला र ?’ उनले उत्तर फर्काए ।
फेरि पनि मेरो यहि उत्तर थियो, ‘त्यसमा उल्लेख गर्न खोजिएको व्यक्ति तपाईंले आफुलाई कसरी भन्ठान्नुभयो ? त्यसमाथि चित्त नबुझे वा तपाईंलाई त्यो शब्दले गाह्रो बनाएको भए मलाइ भनेको भए हुन्थ्यो । म मिलाईदिन्थें । तर तपाईंले थर्काउनुभयो । ठुलो स्वर गरेर खाउँला जस्तो गर्नुभयो । कसैले कसैलाई थर्काउने अधिकार छैन ।’
उनले पुन: जवाफ फर्काए, ‘यत्रो समय बैंकमा रहेर काम गरें । आशा छ तपाईंको सहयोग पाउनेछु ।’
पाठ : हामीलाई उनका बारेमा खोज्ने कुनै मन थिएन । तर थर्काई नै खाइसकेपछि नखोजी पनि भएन ।अन्तत: थाहा भयो हामीलाई थाहा नै नभएको उनी बैंकबाट निकालिएको कुरा । अनावश्यक रुपमा कुनै कुरामा चासो लिँदा आफ्नै कमजोरी पनि फुस्किने रहेछ । बैंकरहरुले पाठ सिकून् ।
(लेखक अर्थ सरोकार डटकमका सम्बाददाता हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्