×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्धारा बाजुराको चोयाकोट विद्यालयमा मोटिभेसनल कक्षा सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकद्धारा बाजुराको चोयाकोट विद्यालयमा मोटिभेसनल कक्षा सञ्चालन

Artha Sarokar

२० जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बाजुराको बडीमालिका नगरपालिका वडा नं. ३ मा रहेको चोयाकोट माद्यामिक विद्यालयमा सकरात्मक सोच सम्बन्धि (मोटीभेशन) कक्षा संचालन गरिएको छ । एनआईसी बैंक बाजुराको सहजकिरण तथा चोयाकोट माद्यामिक बिद्यालयको आयोजनामा कक्षा संचालन गरिएको हो ।
कक्षा नौ र दशका बिद्यार्थीलाई पढ्ने बानीको बिकास र बिद्यार्थीको दैनिक ब्यबाहारमा परिर्वतन गराउनने उद्देश्यले सो कक्षाको संचालन गरिएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य अमर खड्काले बताए । राम्रो नतिजा प्राप्त गर्न आफूले सक्ने जति सहयोग आफ्नो ठाउँबाट गरी सभ्य, सचेत, प्रतिस्पर्धी, योग्य नागरिक बनाइ व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनु कार्यक्रमको उद्देश्य रहेको उनले प्रष्ट पारे ।
बिद्यार्थीहरुलाई सकरात्मक सोच, समाजिक जागरण शैक्षिक सुधार समाज परिर्वतन गर्न यो कार्यक्रम गरिएको प्रशिक्षक एनआईसी बैक बाजुराका म्यानेजर नर परियारले बताए ।
ज्ञानी, असल, अनुशासित विद्यार्थीबाट नै परिवार, विद्यालय, समाज र राष्ट्रले आशा गरेको सपना पूरा हुने हुँदा बिद्यार्थी केन्द्रीत कार्यक्रम गरेको विद्यालयको प्रधानाध्यापक दिमा सुब्बाको भनाई छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी