×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा बैंक बन्द, २५ गतेसम्म निषेधाज्ञा जारी

PRIME CA

दाङमा बैंक बन्द, २५ गतेसम्म निषेधाज्ञा जारी

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङ जिल्लामा सरकारी कार्यालय र बैंक पनि बन्द भएका छन् । कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले जिल्लामा सरकारी कार्यालय र बैंकसमेत बन्द गरिएको हो । 
जिल्लामा आज बिहानबाट वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । 
अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला रहनेछन् ।  अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नुपर्ने भएमा पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: