
काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपतिमा चिटिङ गरिएको रहस्य खुलेपछि अहिले कार्यक्रमको सर्वत्र आलोचना सुरु भएको छ । विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेको एपिसोडमा पानी पिलाउने निहुँमा चिटिङ भएको केबिसी नेपालले राखेको भिडियोमा नै स्पष्ट देखिएपछि यस टेलिभिजन कार्यक्रमको तीब्र आलोचना भएको हो ।
को बन्छ करोडपति? मा १ करोड जित्ने उनी पहिलो रहेका जैनलाई उनलाई एक करोड रुपैयाँका लागि ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनावकहिले घोषणा गरिएको थियो ?’ भन्ने प्रश्न सोधिएको थियो। र अप्सनहरु थिए, ए–२०१४ माघ १९, अप्सन बी– २०१४ फागुन ७,अप्सन सी–२०१४ मसिंर २, अप्सन डी–२०१४ पुस २५ । उनी पहिला उक्त प्रश्नको उत्तर फाल्गुण हो कि भनिरहेका थिए । तर पानी पिउने निहुँमा उनले स्टेज घुम्दै गर्दा कसैले ‘माघ हो माघ’ भनिदियो । र उनले माघ नै हो भने । र जिते एक करोड । कसैले अडियन्सबाट ‘माघ हो माघ’ भनेको बोली उक्त भिडियोको ३४ द्केही ३५ मिनेटसम्म मज्जाले सुन्नुभयो भने बुझिन्छ । कार्यक्रम कासञ्चालक राजेश हमालले ‘यसो डुल्न मन लागेकोछ भने डुल्नुस्… आउनुस्..गफ गर्दै गर्दै, प्रजातन्त्र ततपाँइलाई थाहा छँदै छ’ भन्दै स्टेजमा डुलाएका का थिए ।
उनले चिटिङ गरेर रकम जितेको खुलासा भएपछि उनको चौतर्फी आलोचना भएको छ । तर यस्तो चिटिङ नेपालमा मात्र होइन ‘हु वान्ट्स टु बि अ मिलिनियर’को २००१ को संस्करणमा पनि भएको रहेछ । ९ सेप्टेम्बर २००१ मा उक्त शोमा आएका एक व्यक्तिले श्रीमतीले खोकेको अनुसार उत्तर दिएको पत्ता लागेपछि उनको रकम खोसिएको थियो । उनले पनि उक्त कार्यक्रममा कार्यक्रमकै सर्वाधिक राशि जित्दै मिलिनियर हुन सफल भएका थिए ।
यता जैनले जितेको रकम पनि नपाउने सम्भावना बढेको छ। यतिबेला केहि नेपालीहरुले पनि ‘हु वान्ट्स टु बि मिलिनियर’मा यसविषयमा उजुरीसहितको मेल गरेको बुझिएको छ । जसमा अनुसन्धान भयो भने राजीवले पैसा नपाउने सम्भावना बढेको छ ।
जैनलाइ कसैले प्रश्नको उत्तर भनिदिएको भिडियोको ३४ औं मिनेटमा सुन्न सकिन्छ । कतिपयले यो स्वर पनि उनैको हो भनेका छन् ।तर धेरैले उनलाई कसैले उत्तर दिएको आशंका गरेका छन् । अव सत्य के हो र उनले जितेको पैसा खोसिन्छ वा खोसिन्न भन्ने कुरा केहि समयमा थाहा नै होला
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्