×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई पेको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक

PRIME CA

आइएमई पेको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक

८ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – आइएमई पेले मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक गरेको छ ।
मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरूमा हाल ‘आइएमई पे’ को नाम अहिले चर्चामा छ । गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरि प्रयोग गर्न सकिने ‘आइएमई पे’ मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम हालै सार्वजनिक गरेको हो । 
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले भने, ‘आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु नै हो ।
प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै हामीले भुक्तानी गर्ने विभिन्न स्थानहरूको सङ्ख्यालाई पनि बढाउँदै लिएर जाने लक्ष्य लिएका छौं । जसबाट सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिनेछ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: