
काठमाडौँ – स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
संस्थाको १ लाख ८० हजार कित्ता आइपीओ आइतबार बाँडफाँट भएको हो । उक्त आइपीओ बाँडफाँटमा कुल १८ हजार ५ सय ५८ जनाले सेयर हात पारेका छन् । उनीहरुले १० कित्ताका दरले सेयर पाएका हुन् । यता, ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।
२० कित्ताभन्दा बढीका लागि आवेदन दिएका ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका हुन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ३ लाख २७ हजार ४ सय ८६ जनाले आवेदन दिएकामा २३० जनाको आवेदन रद्द भएको छ । स्वाभिमानले वैशाख २७ देखि वैशाख ३१ गतेसम्म आइपीओ खुला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्