काठमाडौं – राष्ट्रिय बिमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५८ करोड ४८ लाख ४० हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६.७०% ले धेरै हो । गत वर्षको यसै अवधिमा ४६ करोड १३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए।
कम्पनीले बिमा शुल्क आम्दानी ६८.९७% वृद्धि गरी ३० करोड ३३ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । पुनर्बिमा कमिसनबाट १६ करोड ४९ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ । कम्पनीले ५ करोड ३४ लाख २ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ५५ करोड २४ लाख ८४ हजार रुपैयाँ रहेको छ । यस इन्सुरेन्सको बिमा कोषमा १ अर्ब ६४ करोड ४७ लाख ४३ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष बिमा कोषमा १ अर्ब ३० करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले कर्जा तथा अन्य लगानीबाट २१ करोड २६ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १७ करोड २१ लाख २८ हजार रुपैयाँ मात्र थियो । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ३६ करोड ३० लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ ।
राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २९२ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ ९८६ रुपैयाँ २४ पैसा छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी १७३ रुपैयाँ १ पैसा थियो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्