×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा पोलिसी खरिद गर्न सकिने

अर्थ सरोकार

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार

PRIME CA

कामना सेवा विकास बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा पोलिसी खरिद गर्न सकिने

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच सेवा आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: