×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेष्टर्न डेभलपमेन्ट बैंकको खुद नाफा १८.९०%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वेष्टर्न डेभलपमेन्ट बैंकको खुद नाफा १८.९०%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

२५ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – वेष्टर्न डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १८.९०%ले वृद्धि गरी ७ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा बैंकले ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
बैंकको खुद ब्याज आम्दानी १५.०५%ले बढेर १३ करोड १९ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११ करोड ४७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै गरी, सञ्चालन नाफा पनि १८.९०% ले वृद्धि भएको छ ।संस्थाको सञ्चालन नाफा ९ करोड ७३ लाख ३१ हजार रुपैयाँबाट बढेर  बढाएर ११ करोड ५७ लाख ३४ हजार पुर्याउन सफल भएको छ ।
यो चैत मसान्तसम्मम बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड १७ लाख ४८ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा भने खे सुधार भएको छ । बैंकको खराब कर्जा १.६७% बाट घटेर ०.७५% आएको हो । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी