×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा

PRIME CA

ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा

अर्थ सरोकार

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार

 ललितपुर

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।
यसैगरी, बैंकले बैशाख २२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका-१, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यसका साथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: