काठमाडौं – नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ । कम्पनीको खुद नाफा ९०.६८% ले घटेको छ । गत वर्ष यही अवधिमा २ करोड ३८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २२ लाख १९ हजार रुपैयाँमा सिमित रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा घटेर ३ रुपैयाँ ५६ पैसामा सीमित भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८८ पैसा रहेको थियो । यता, नेसनलले विद्युत बिक्रीबाट ३ करोड ४३ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १५.९०% बढी हो ।
गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट २ करोड ९६ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको थियो । चैत मसान्तसम्म नेसनलको सेयर पुँजी १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ छ । यता, कम्पनीको जगेडा कोष ४१ करोड ३० लाख ५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ६८ रुपैयाँ ५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्