काठमाडौं – मुक्तिनाथ विकास बैंकको आर्थिक वर्षको तेस्रो त्रैसासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ६० करोड २० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४०.८१% ले धेरै हो । गत वर्ष बैंकले ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४६.२६% ले बढेर १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ८८ करोड २८ लाख २८ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा गत वर्षको यही अवधिको तुलनामा ४१.७८% ले बढेर ९३ करोड २४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ६५ करोड ७६ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले गर्दा खुद नाफा पनि बढेको देखिन्छ।
बैंकले निक्षेप ४१ अर्ब ८० करोड ४९ लाख ६९ हजार रुपैयाँ संकलन गरी कर्जा ३६ अर्ब ४५ करोड १९ लाख ४१ हजार रुपैयाँ प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष गत वर्षको तुलनामा ३०.७६% ले बढेको छ । जगेडा कोष ८० करोड ४६ लाख १९ हजार रुपैयाँबाट बढेर १ अर्ब ५ करोड २१ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ०.०३% रहेको छ र प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसाले बढेर २६ रुपैयाँ १९ पैसा पुगेको छ । गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २३ पैसा रहेको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्