
- डीआर नेपाल
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सम्वोधनका क्रममा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । धेरैले राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गर्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । कतिले यहि विषयलाई लिएर देशमा राजतन्त्रकालको झल्को आएको भनी टिप्पणीसमेत गरेका छन् । तर यो विषयलाई लिएर विद्यादेवी भन्डारीको आलोचना गर्दैगर्दा भाषण कसले लेख्यो वा ‘मेरो सरकार’ भन्नुको आशय के थियो भनेर बुझ्न जरुरी छ ।
यो भाषाण राष्ट्रपतिको भाषण भन्दा पनि क्याबिनेट वैठकबाट पारित गरिएको भाषण हो । यसरी हेर्दा यो शब्दावली सरकारले प्रयोग गरेको हो । पूरै क्याबिनेटले यो सरकारलाई मेरो सरकार भन्दा के बिग्रियो त ? मेरो सरकार शब्दको पछी लाग्नुभन्दा पहिला बुझ्नुपर्छ, ‘यो अन्तर्राष्ट्रिय अभ्यासकै निरन्तरता हो। ‘ संवैधानिक राष्ट्रपति हुने छिमेकी भारतदेखि कार्यकारी राष्ट्रपति हुने अमेरिका लगायतका देशको अभ्यासलाई समेत हेरेर मेरो सरकार भन्ने ‘कस्मेटिक शब्द’ राखिएको हुनसक्ने कुरा पनि सबैले बुझ्नुपर्छ । संवैधानिक हुन् वा कार्यकारी राष्ट्र प्रमुखले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा -माइ गभर्मेन्ट) मेरो सरकार भन्ने प्रचलन छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले पछिल्लो पटक त्यहाँको संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा हिन्दीमा ‘मेरी सरकार’ र अंग्रेजीमा माइ गभर्मेन्ट भनिएको छ ।
सबैतिर मेरो सरकार भन्न हुने नेपालमा किन नहुने ? सबैले यतातर्फपनि ध्यान दिने कि ?
(एसपी सुमनको ‘राष्ट्रपतिज्यू, ‘तपाईंको सरकार’को नीति तथा कार्यक्रम सुनियो, अव हाम्रो सरकारको पालो कहिले आउँछ ?’ ब्लग पढीसकेपछी त्यसको उत्तर)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्