×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : बलात्कार अभियोगमा पक्राउ परेका शिखर इन्स्योरेन्सका मेनेजर रमेश अर्याल कारागार चलान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फलोअप : बलात्कार अभियोगमा पक्राउ परेका शिखर इन्स्योरेन्सका मेनेजर रमेश अर्याल कारागार चलान !

१८ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बलात्कार (जबरजस्ती करणी)को अभियोगमा काठमाडौँको गोंगबुबाट पक्राउ परेका शिखर इन्स्योरेन्सका ब्रान्च मेनेजर रमेश अर्याललाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा झ्याल फोरेर बलात्कार गर्न पुगेका अर्याल घटनास्थलबाटै पक्राउ परेका थिए । 
अर्यालसहित अर्का रामजी श्रेष्ठ प्रतिवादी रहेको मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको एकल इजलाशले अर्याललाई कारागार चलान गर्ने र अर्का आरोपी श्रेष्ठलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको पीडितको तर्फबाट बहसमा सहभागी अधिवक्ता तारा खनालले अर्थ सरोकार डटकमलाई जानकारी दिइन् ।
नुवाकोटको विदुर नगरपालिका (साविकको खड्गभञ्ज्याङ गाविस) वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी