काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ कमाउन सफल भएको छ । जबकी, गत वर्षको यसै अवधिमा भने ४ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ७ करोड ८१ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ११५.१९% ले धेरै हो। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ३ करोड ६३ लाख २३ हजार रुपैयाँ मात्र रहेको थियो । यस्तै,सञ्चालन नाफामा पनि राम्रो सुधार भएको छ । गत वर्ष ३ लाख ७६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेकोमा यस वर्ष १ करोड ६६ लाख ४२ हजार रुपैयाँ नाफा गर्न सफल भएको छ ।
यो तेश्रो त्रैमाससम्ममा संस्थाले निक्षेप ४० करोड १७ लाख ५५ हजार रुपैयाँ संकलन गरी १ अर्ब ५८ करोड १९ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्त पुँजी २० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ करोड ४३ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाको खराव कर्जामा वृद्धि भएकोे छ । खराब कर्जा ०.७३% बाट बढेर २.६७% पुगेको छ । यस लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९० पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्