काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १०.३१% ले वृद्धि गरेर ८ करोड ४ लाख ३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ७ करोड २८ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि गरेको छ । बैंकले खुद ब्याज आम्दानी २४.८९% ले वृद्धि गरेको छ । गत वर्ष १२ करोड ८६ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी अहिले यो त्रैमाससम्म आउँदा १६ करोड ६ लाख १७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । यता, सञ्चालन नाफा पनि १०.३३% ले बढाएर १२ करोड ६२ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष मितेरीले ११ करोड ४४ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
मितेरीले ४ अर्ब ३२ करोड ४ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ७८ करोड १० लाख ४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५८ करोड ५० लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा १९ करोड २१ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ०.४८% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ११ पैसाले घटेर १८ रुपेयाँ ३३ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८४ पैसा रहेको यस




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्