काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत चैत्र २३ गते गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने उक्त कार्यक्रममा स्वागत मन्तव्य र महालक्ष्मीलाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेकपाका नेता हिरा एसी, नेपाली काङग्रेसका महेन्द्र भण्डारी, रेसुंगा नपाका अखिलेश्वर पाण्डे, उद्योग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डे, नागरिक समाजका अगुवा पदमा प्रसाद पाण्डे जील्ला युवा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुवँर, पत्रकार महासंघका तोपलाल अर्याल र लोक दोहरी प्रतिष्ठानका वैकुण्ठ महतले महालक्ष्मी लाईफको उत्तरोत्तर प्रगति र छिट्टै खोलिने शाखा कार्यलयको सफलताको लागि शुभकामना व्यक्त गरे । ट्रेनर सुभाष केसीले अभिकर्ता उत्प्रेरणा बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बिमितहरूलाई सम्मान गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्