×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले शुरु गर्यो रेमिट्याप एप, १० हजार ठाउँबाट रकम भुक्तानी

PRIME CA

माछापुच्छ्रे बैंकले शुरु गर्यो रेमिट्याप एप, १० हजार ठाउँबाट रकम भुक्तानी

२६ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – माछापुच्छ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउन लागि बैंकले एपको सार्वजनिक गरेको हो ।
बैंकका ग्राहकहरु लगायतका सम्पूर्ण सर्वसाधरणको सुविधाको लागि रेमिट्याप मोबाइल वालेट सेवा सम्बन्धि त्रिपक्षीय संझौता गरेर सोमबारदेखि सेवा शुभारम्भ भएको छ ।
अब रेमिट्यापको माध्यामबाट विदेशमा कार्यरत प्रवासी नेपालीहरुले आफ्नो परिवारका सदस्यहरुलाई तुरुन्तै आफ्नो वालेट, बैंक खातामा र १० हजारभन्दा धेरै स्थानबाट न्यून लागतमा रकम पठाउन सकिने भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले धेरै सुविधाहरु भएको रेमिट्यापले वालेटबाट वालेटमा रकम स्थान्तरणका साथै कुनै पनि बैंकमा रकम स्थानान्तरण गर्ने सुविधा पदान गर्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: