काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बिभिन्न ४ स्थानमा स्थापना गरेको छ । आइतबार लालबन्दी नगरपालीका वडा नंं.०१ स्थित नवलपुर सर्लाही, फिक्कल गाउँपालिका वडा नंं.०४ स्थित खाङसाङ सिन्धुली, सुनकोशी गाउँपालिका वडा नंं.०३ स्थित रातमाटा, सिन्धुली र शिबराज नगरपालीका वडा नं. ०३ स्थित खरेन्द्रपुर, कपिलवस्तुमा गरी ४ (चार) नयाँ शाखा स्थापना गरेको हो ।
नवलपुर शाखा कार्यालयको उद्घाटन लालबन्दी नगरपालीका वडा नं.०१ का अध्यक्ष पंञ्चलाल श्याम्बो, खाङसाङ शाखा कार्यलयको उद्घाटन फिक्कल गाउँपालिका वडा नं.०४ का अध्यक्ष धन बहादुर कार्की, रातमाटा शाखा कार्यलयको उद्घाटन सुनकोशी गाउँपालिका वडा नं.०३ का अध्यक्ष श्री राम चन्द्र आचार्य र खरेन्द्रपुर शाखा कार्यलयको उद्घाटन शिवराज नगरपालिका वडा नं.०३ का अध्यक्ष टेक बहादुर तिवारीले गरेको थियो । यो संगै वित्तीय संस्थाको शाखा संख्या २८ (अठाइस) पुगेको छ ।
हाल सम्म यस वित्तीय संस्थाले १५ जिल्लामा जम्मा १४,२५६ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७५ करोड ९५ लाख ५९ हजार रहेको छ । साथै वित्तीय संस्थाले रु २१ करोड २९ लाख बचत संकलन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्