काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी प्रा.लि बीच सम्झौता भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको हो ।
सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र सिद्धार्थ ग्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने भएको छ ।
उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटी प्रा.लि। को सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका १३ भन्दा बढी होटल, रिसोर्ट, कफीहाउस, बेकरी एण्ड क्याफेमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्