काठमाडौँ – सप्तकोशी डेभलपमेन्ट बैंकले आगामी चैत २७ गते विशेष साधारणसभा गर्ने भएको छ । चैत ११ गते बसेको बैंकको सञ्चालक समितिको १४३ औँ बैठकले साधारण सभा उक्त मितिमा बिराटनगरको उद्योग संगठन मोरङमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।
बैंकले कोबेली विकास बैंकसँग मर्जमा जाने प्रस्ताव सहित विशेष साधारणसभा डाकेको हो । साथै, उक्त दुई विकास बैंक एक आपसमा गाभिने प्रयोजनका लागि नेप्सेमा माघ ४ गतेदेखि बुक क्लोज रहेको छ । दुई संस्थाबीच एकीकृत कारोबार नभएसम्मका लागि बैंकको बुक क्लोज रहने संस्थाले जनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, काबेली विकास बैंकका चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार रुपैयाँ रहेको छ ।
हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्