×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुम्ती बिमामा एनसिस र प्रभु लाइफ इन्स्योरेन्सबीच सहकार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

घुम्ती बिमामा एनसिस र प्रभु लाइफ इन्स्योरेन्सबीच सहकार्य

Artha Sarokar

५ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्सबीच विशेष सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा एनसिसका तर्फबाट मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बिमाअन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिससँग जोडिएको छ । बिमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी