×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरको रजैयामा सिटिजन्स बैंकको एक्सटेन्सन काउन्टर

PRIME CA

मकवानपुरको रजैयामा सिटिजन्स बैंकको एक्सटेन्सन काउन्टर

५ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

 मकवानपुर

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ ।
उक्त एक्सटेन्सन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
बैंकले यस अघि नै मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा कार्यालयहरु स्थापना गरिसकेको छ । उक्त रजैया एक्सटेन्सन काउन्टरबाट बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबिबिएस सुविधा लगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: