
- अर्थ सरोकार संबाददाता
काठमाडौँ- नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अगुवाईमा पत्रकार अर्जुन सुबेदीको उपचारार्थ संकलित एक लाख पाँच हजार एक सय तेह्र (१,०५,११३) रुपैंया आज हस्तान्तरण भएको छ। पत्रकार महासंघको केन्द्रिय कार्यालय, काठमाडौंमा शनिवार एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले कोरिया शाखालाई धेरै-धेरै धन्यवाद दिएका छन् भने रकम ग्रहण गर्दै पत्रकार सुवेदीले पनि शुभचिन्तक तथा सहयोगी सम्पूर्णलाई आभार व्यक्त गरेका छन्।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले काेरिया शाखाकाे उदाहरणीय कामकाे उच्च मुल्याकंन गर्दै याे पुण्य कामले सबै पत्रकारहरुफे प्रेरणाकाे रुपमा लिएर सहयाेगी भावना जागृत गर्न मद्दत पुगेकाे बताए । नागरिक दैनिकमा आबद्द पत्रकार सुवेदी कलेजो र पित्तथैलीको समस्याका कारण विगत एक बर्ष देखि निरन्तर उपचार गराउँदै आईरहेका थिए।
हालसालै एकैसाथ गरिएका दुईवटा जटिल शल्यक्रिया पश्चात पनि थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने देखिएकोले सहयोग अभियान चलाईएको थियो। उनको उपचारको सहयोगार्थ नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले एक हप्ताको अभियान चलाएको थियो, जसमा कोरियामा विभिन्न मिडियामा आबद्द रहेका पत्रकार, सामाजिक अभियान्ता, शुभचिन्तक साथै संघसंस्थाहरुले सहयोग गरेका थिए। अभियानमा सहभागी सम्पूर्ण सहयोगी मनहरुलाई महासंघ परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्