
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल राष्ट्र बैंकले १२ वटा पुराना गाडी लिलाम बिक्री गर्ने भएको छ । आफ्नो स्वामित्वमा रहेका किया, हुन्डाई र सेभ्रोलेट ब्रान्डका गाडी राष्ट्र बैंकले लिलाम बिक्री गर्ने भएको हो । बैंकले यसका लागि सूचना प्रकाशितसमेत गरिसकेको छ । २००१ देखि २०१९ सम्म बनेका गाडीहरु बिक्री गर्न लागियेकोमा २००१ मा बनेको किया जिपको न्यूनतम लिलामी मूल्य ४ लाख २४ हजार रुपैयाँ राखिएको छ भने २००६ मा बनेको हुन्डाई गेजको न्यूनतम मूल्य ५ लाख ७८ हजार रुपैयाँ तोकिएको छ ।
यता कम्पनीले नौ वटा सेभ्रोले स्पार्क लिलाम बिक्री गर्ने भएको छ । जसमा उत्पादन मिति २००८ र ०९ भएका गाडीहरु छन् । जसको न्यूनतम मूल्य ४ लाख ७४ हजारदेखि ६ लाख १२ हजार रुपैयाँसम्म रहेको छ । लिलामीमा सबैभन्दा कम मूल्य ४ लाख ७ हजार रुपैयाँको सेभ्रोले स्पार्क रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्