×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले ल्यायो तीन नयाँ बचत योजना, यस्ता छन् सुविधाहरु

PRIME CA

कामना सेवा विकास बैंकले ल्यायो तीन नयाँ बचत योजना, यस्ता छन् सुविधाहरु

२९ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कामना सेवा विकास बैंकले तीन नयाँ ‘स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग’जस्ता योजनाहरु सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एक लाखसम्मको औषधि उपचार बीमा र सातलाख सम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता, एक तोलाचाँदीको सिक्का उपहारसहित बैेंङ्कासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
सबैको लागी अझ बढी सहज, सवल, गतिशील र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: