×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता

Artha Sarokar

२९ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।
संझौता अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरुले विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यम मार्फत चेक राफसाफगर्न सक्ने छन् । अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्ने जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी