×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटलबीच सम्झौता, स्पर्शका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटलबीच सम्झौता, स्पर्शका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

Artha Sarokar

२८ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखरा वीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार वित्तीय संस्थासँग आवद्ध गा्राहक सदस्य, कर्मचारी तथा शेयरधनी र तीनीहरुको परिवारलाई हस्पिटलले सम्पूर्ण उपचारहरुमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने भएको छ ।
यस किसिमको सम्झौताले वित्तीय संस्थाका गण्डकी प्रदेशका ११वटा शाखा कार्यालयहरुका ग्रामीण भेगमा बसोवास गर्ने कमजोर आर्थिक अवस्था भएका करिव ८ हजार ग्राहक सदस्य तथा तिनका परीवारलाई राहत मिल्ने र गुणस्तरीय सेवा प्राप्त हुने कुरामा विश्वस्त रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी