×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम

PRIME CA

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम

२६ फाल्गुन २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । गत माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीले प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ । जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुयाउन आवश्यक भएकोले पनि तालिम र जागरण अभियान सञ्चालन गरिएको कम्पनीले जनााएको छ ।
एक महिनाको यो कार्यक्रममा हाल सम्म ६ हजार ३ सय भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । कम्पनीले चैत्र मसान्त सम्म अधिराज्यभरी अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।
कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखाका साथै,उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तैयारी गरिरेहको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: