
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्जेन्जमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ मंगलबार सूचीकृत भएको छ । हाइड्रोपावरले चुक्ता पुँजीका अधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर सूचीकृत भएको हो । हाइड्रोपावरको सेयर कारोबार बुधबारबाट खुल्ला हुने भएको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनेछ । ‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।
सिंगटी हाइड्रोपावरले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्