×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

PRIME CA

ओम डेभलपमेन्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१६ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुले बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा प्रकाश पारेका थिए । 
बैंकले तनहँको भानु ३ मा रहेको जनजागृति मा.वि.मा र बाग्लुङको धवलागिरी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धकहरुले वित्तीय क्षेत्रका विविध पक्षका बारेमा जानकारी दिएका थिए । 
बैंकले यस अघि पनि कास्कीेको घाचोक, निर्मलपोखरी, लमजुङको दोर्दी तान्जेमा अवस्थित बाल विकास प्राथमिक विद्यालय मा वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: