×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको नयाँ एटिएम पोखराको लेकसाइडमा, कुल एटिएम ६५ पुग्यो

PRIME CA

नेपाल बंगलादेश बैंकको नयाँ एटिएम पोखराको लेकसाइडमा, कुल एटिएम ६५ पुग्यो

१० फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल बंगलादेश बैंकले आफ्नो एटीएम सेवा विस्तारको क्रममा बैंकको ६५ औं एटिएम पोखराको लेकसाइड स्थित एटिएम लान्जबाट सञ्चालनमा ल्याएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलबाट कार्यक्रमबीच उक्त एटिएम सेवाको शुरु भएको छ । सो एटिएम सेवाबाट सो क्षेत्रमा आउने पर्यटक, क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने कुरामा बैंक विश्वस्त रहेको बताए ।
उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको र देश भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बैंकिङ्ग सेवा तथा ६५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: