
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बीमा गराएको थियो ।
जस अनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी भुक्तानी रकम जनही रु ५०,००० सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ । साई बाबा रेमिट्, चाबहिलका हरी कुमार श्रेष्ठ, अन्लाईन सब् रेमिट्, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड् सेन्टर, नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर , सुन्सरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क, परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज, नवलपुरका कृष्ण गिरी गरी ८ जाना लाई चेक हस्तान्तरण गरिएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्