काठमाडौं – सिभिल बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिज्नेस अफिसर सुजित कुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।
सानीमा लाइफ इन्स्योरेन्सले जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताएका छन् ।
सिभिल बैंकले यस अघि जीवनवीमा कम्पनीहरु त्था निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवनवीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।