×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

२५ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनसीसी बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्दबीच उपचार शुल्क सम्बन्धि सम्झौता भएको छ । हरिसिद्धि, ललितपुरमा रहेको उक्त अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फवाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको छ ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभरि हाल ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी